दफा ७
पक्राउ गर्न वा खानतलासी लिन सक्ने
: (१) बोक्सीको आरोप सम्बन्धी कसूर मानिने कुनै कार्य कुनै घर, जग्गा वा स्थानमा भएको, भइरहेको वा हुन लागेको जानकारी पाई तुरुन्त कारबाही नगरेमा कसूरदार भाग्ने, उम्कने वा त्यस्तो कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नष्ट हुने सम्भावना देखिएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जाको प्रहरी कर्मचारीले पर्चा खडा गरी जुनसुकै बखत देहायको कार्य गर्न सक्नेछ ः-
(क) त्यस्तो घर, जग्गा वा स्थानमा प्रवेश गर्न, खानतलासी लिन वा आफ्नो कब्जामा राख्न,
(ख) त्यस्तो कार्य गर्न लाग्दा कसैले बाधा विरोध गरेमा आवश्यकता अनुसार झ्याल, ढोका खोली वा फोरी आवश्यक कारबाही गर्न,
(ग) त्यस्तो कार्य गर्ने व्यक्तिलाई विना पक्राउ पूर्जी गिरफ्तार गर्न वा निजको खानतलासी लिन,
(घ) त्यस्तो घर, जग्गा वा स्थानमा भेटिएका दसी, प्रमाण बरामद गर्न वा कब्जामा लिन ।
(२) प्रहरी कर्मचारीले उपदफा (१) बमोजिमको कार्य गर्दा सम्भव भएसम्म स्थानीय तहका प्रतिनिधि र सम्भव नभए सो समयमा त्यस ठाउँमा उपस्थित व्यक्तिहरुको रोहबरमा सोको मुचुल्का तयार गर्नु पर्नेछ र त्यस्तो मुचुल्काको प्रतिलिपि सम्बन्धित घर वा जग्गाधनीलाई समेत दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम महिलालाई पक्राउ गर्नु पर्ने भएमा महिला प्रहरीले पक्राउ गर्नु पर्नेछ र महिला प्रहरी नभएमा अन्य कुनै महिलाको सहयोग लिई पक्राउ गर्न सकिनेछ ।